हेटौँडा, भदौ २५ गते । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारबाट मध्य राति १२ः५५ बजे पश्चिम् तर्फको पर्खाल फोरेर कैदीबन्दी भागेका छन् ।
२६० जना कैदीबन्दी भागेको भीमफेदी कारागार प्रमुख सुभाष पौडेलले जानकारी दिनुभयो । सो कारागारबाट कैदीबन्दीहरु एकैपटक हुलहुज्जत गर्न थालेप िनेपाली सेनाको काली बहादुर गणबाट ७० जना जवान र कारागार सुरक्षाकर्मीको प्रयासमा स्थिति नियन्त्रणमा लिन खोज्दा हवाई फाएर गर्दा घाइते भएका दुई जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जनाएको छ । करिब पाँच सय जना कैदीबन्दी भाग्न खोजेकामध्ये २४० जनालाई नियन्त्रणमा लिएको कारागार कार्यालयेले जनाएको छ ।
भीमफेदी कारागारमा महिला पुरुष गरी एक हजार ३३ जना कैदीबन्दी रहेकोेमा २६० जना मात्र फरार भएका हुन् । घाइते हुने दुई जनालाई उपचार गराइरहेको छ।




