प्रतिनिधिसभा विघटन, फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २७ गते । प्रतिनिधिसभा शुक्रबार रातिबाट लागू हुने गरी विघटन गरिएको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको हो ।
शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयनै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको छ । शुक्रबार राति ११ः०० बजेबाट लागू हुने गरी प्रतिनिधि सभा विघटन गरिएको छ ।
त्यस्तै, आगामी फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । No description available.

ताजा समाचार

Related Articles