लागूऔषध सहित दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज ९ गते । मकवानपुर प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेस्थित पुूर्व पश्चिम सडक खण्डबाट दुई जनालाई पक्राउ गरेको हो । सवारी साधनहरु जाँच गर्ने क्रममा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना. ५२ प ४०५८ नं.को मोटरसाइकलका चालक जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ४ घर भई हाल हेटौँडा ५ बस्ने वर्ष २९ का अब्दुल अंसारी र पछाडि सवार मकवानपुर बकैया गाउँपालिका वडा नं. ४ छतिवन घर भई हाल हेटौँडा ५ सानोपोखरा बस्ने वर्ष ३७ को दीपक संजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाईकलको सिट मुनीको भागमा लुकाई ल्याईएको प्रतिवन्धित लागु औषध ओनरेक्स २५ वोतल र नाइट्रोजेपाम ९० ट्याबलेटसहित पक्राउ गरी दुवै जनामाथि थप अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles