प्रहरीलाई ८५ थान सवारी साधन दिने बागमती प्रदेश सरकारको निर्णय

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज ११ गते । बागमती प्रदेश सरकारले नेपाल प्रहरीको बागमती प्रदेशभित्रका विभिन्न प्रहरी एकाईलाई सवारी साधन उपलब्ध गराउनेभएको छ ।
प्रदेश सरकारले बागमती प्रदेशभित्र इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि ८५ वटा दुई पाङ्ग्रे सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले जेनजी प्रदर्शनीका क्रममा तोडफोड र आगजनीबाट सवारी साधनमा क्षति पुगेपछि सुरक्षामा चुनौती सिर्जना भएको भन्दै सवारीसाधन उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार चाडपर्वको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा गरी ८५ वटा दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराइने बताउनुभयो । उहाँले सवारी साधन उपलब्ध गराइएसँगै सुरक्षा व्यवस्था सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

प्रदेश सरकारले दिएको यी सवारी साधन तत्कालै सम्बन्धित इकाइमा पठाइने र विशेष गरी दशैं, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थामा खटाइने मन्त्री तामाङको भनाइ छ ।

ताजा समाचार

Related Articles