काठमाडौँ, असोज १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेकाे महत्वपूर्ण शक्तिपीठ मध्येकाे नक्साल भगवतिकाे दर्शन गर्नुभएकाे छ । महाअषटमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा पुगेर दर्शन गर्नुभएकाे हाे ।

अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेकाे भएपनि याे पटक नक्साल भगवतिकाे मात्र दर्शन गर्नुभएकाे र अन्य शक्तिपिठमा भेटी पठाएकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ । दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।
