भीमफेदी कारागारबाट फरार कैदी वीरगन्जबाट पक्राउ

लोकप्रिय

वीरगन्ज, असोज १५ गते। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मकवानपुरको भीमफेदी कारागारबाट फरार भएको एक कैदी वीरगन्जबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने कैदीमा पर्साको वीरगन्ज महानगरपालिका–१६ बसपार्कका २५ वर्षीय अमजत मियाँ रहेका छन् । उनलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा आज जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका मियाँलाई पुन भीमफेदी कारागारमै पठाइने उहाँले बताउनुभयो । मियाँ, लागूऔषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट पुर्पक्षमा कारागारमा पठाइएका कैदी रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles