राहत व्यवस्थापनका लागि समन्वय बैठक

लोकप्रिय

हेटौँडा, असोज २२ गते । यही असोज १७ देखि २० गतेसम्म परेको वर्षाका कारण उत्पन्न विपद्का कारण जनधनको बढी क्षति भएका जिल्लाहरुमा राहत व्यवस्थापन लगायत विषयमा ‘क्ल्स्टर लिड्स’ रहेका संघीय मन्त्रालय र ‘क्ल्स्टर को-लिड्स’ मा रहेका विभिन्न निकायसँग राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा समन्वय बैठक सम्पन्न भएको छ।

प्राधिकरणको सभाहलमा बसेको बैठकमा ११ वटै क्ल्स्टरका ‘लिड्स’ र ‘को-लिड्स’ ले राहत व्यवस्थापनका लागि आ-आफ्नो निकायको सामर्थ्य एवं विपद् प्रभावित क्षेत्रमा ती निकायबाट भइरहेका राहतका कामका बारेमा जानकारी गराएका थिए।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्नेगरी एकद्वार प्रणालीमार्फत् आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को-लिड्स’ लाई आग्रह गर्नुभयो।
विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुनर्लाभसम्मका लागि ११ वटा क्ल्स्टर छन्। जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनर्लाभ र आपतकालीन संचार पर्दछन्।

ताजा समाचार

Related Articles