बाँकेमा २४४ कैदी र बालबन्दी अझै फरार

लोकप्रिय

नेपालगञ्ज, असोज २२ गते । जेनजी आन्दोलनका क्रममा बाँकेका दुई बाल सुधार गृह र एउटा कारागारबाट भागेका मध्ये २ सय ४४ जना कैदी र बालबन्दी अझै फरार रहेका छन् ।

जिल्लामा नौबस्ता र डुडुवामा गरी दुई वटा बाल सुधार गृह छन् । जेनजी विद्रोहका क्रममा भदौ २४ गते नौबस्ता बाल सुधार गृहबाट ७९ जना भागेकोमा २९ जना सम्पर्कमा आएका छन् । ५० जना अझै फरार छन् । त्यो दिन नौबस्तामा बालबन्दी र त्यही परिसरमा रहेका कारागारबाट कैदी भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।

त्यहाँको कारागारबाट १ सय ५० जना कैदी भागेकोमा ३२ जना सम्पर्कमा आएका छन् । अरू १ सय १८ जना फरार छन् । बाँके प्रहरीले नौबस्ता कारागारबाट भागेका नेपालगञ्जका हरकेश खटिकलाई शनिबार र खजुरा सिमलघारीका मनोज चँदरालाई आइतबार समातेर कारागार पठाएको छ । डुडुवाको जयेन्दु बाल सुधार गृहबाट १ सय १५ जना भागेकोमा ३९ जना सम्पर्कमा आएका छन् भने ७६ जना अझै फरार रहेका छन् ।

ताजा समाचार

Related Articles