बिलबिजकभन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा

लोकप्रिय

हेटौँडा, असोज २३ गते । मकवानपुर प्रहरीले बिलबजिकभन्दा बढी सामानभएको करिब २९ लाख रुपियाँको सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सवारी साधनहरु जाँच गर्ने क्रममा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको लु.२ ख ४०४१ नं. को कन्टेनर ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले ट्रकलाई शंका लागी जाँच गर्दा उक्त ट्रकमा बिल बिजकभन्दा बढी सामानहरु करिब २८ लाख ७० हजार रुपियाँ बराबरको औषधीहरु, भाडाकुँडाहरुलागयत खाद्यान्नहरु रहेको पाइएको जानकारी दिनुभयो ।
उक्त मालसमानसहितको कन्टेनर ट्रक र चालक वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा बस्ने वर्ष ४५ को हिरालाल प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।

ताजा समाचार

Related Articles