काठमाडौं, असोज २३ गते । प्रधानमन्त्री सुशील कार्कीले युवाहरूले गरेको राजनीतिक क्रान्तिलाई आत्मसात गर्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनको एक महिना पुगेको सन्दर्भमा बिहीबार साँझ भिडियो सन्देश दिनु हुँदै युवाले चाहेको कुरा पूरा हुने बताउनु भयो ।

प्रधानमन्त्री कार्कीले जेन–जी युवाहरूले चाहेको परिवर्तनलाई लिएर राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरूरी भएको बताउनुभयो ।
उहाँले युवाहरूले चाहेको परिवर्तन आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्ने उल्लेख गर्दै यसका लागि सबै युवा सचेत हुनुपर्ने बताउनुभयो ।
विगतका सरकारले युवाहरूको आवाज सुन्न सकेनन्, उनीहरूका माग सुन्न सकेनन्,ु उहाँले भन्नुभयो हामी सबैले आफ्नो कमजोरी र गल्ती स्वीकार गर्नुपर्छ।

उहाँले सबै पक्षलाई संयम् राख्न र हिंसा रोक्न अनुरोध पनि अनुरोध गर्नु भएको छ । साथै उहाँले राजनीतिक दलहरूले पनि सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।




