कैलाशमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज २४ गते । मकवानपुरको कैलाश गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका वार्षिक कार्यक्रमको समीक्षा गोष्ठी शुक्रबार सम्पन्नभएको छ ।
गोष्ठीको शुभारम्भमा बिहीबार कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
स्वास्थ्यको सेवा प्रवाहमा ध्यान दिन वडातहका प्रमुखहरुलाई आग्रह गर्दै उहाँले गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेको अवस्थामा वडा तहको स्वास्थ्य चौकीको कामको तथ्याङ्क चुस्त दुरुस्त राख्न निर्देशन दिनुभएको थियो ।
गाउँपालिकामा स्वास्थ्यको कामले वित्तीय समानीकरण अनुदान वृद्धि भएको बताउँदै अध्यक्ष मुक्तानले भन्नुभयो, हाम्रो लक्ष्य धेरै छन्, जसमा सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरीलाई शून्य बनाउने, बालबालिकाका स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक लगायतका विविध कार्यक्रम ।
१० शय्याको अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको अध्यक्ष मुक्तानले बताउनुभयो ।
पालिकाका १० वटै वडाले कार्यसम्पादन गरेको कार्यहरु प्रस्तुत गरेको गोष्ठीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटी, जिल्ला जनस्वास्थ्य अधिकृत समर्पण अधिकारी, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमलगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

Related Articles