विपद्‍पश्चातको राहतका बारेमा छलफल

लोकप्रिय

काठमाडौं, असोज २४ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख दिनेश भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनर्स्थापनाबारे छलफल भएको छ ।
प्राधिकरणमा भएको उक्त भेटवार्तामा कार्यकारी प्रमुख भट्टले पछिल्लो मनसुनी विपद्बाट खासगरी इलाममा भएको जनधनको क्षतिबारे जानकारी गराउँदै हाल भइरहेको राहत तथा सुरुवात पुनर्स्थापनाका पहलहरुबारे जानकारी गराउनुभयो। त्यसक्रममा, कार्यकारी प्रमुख भट्टले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण प्राप्त भएपश्चात जनधनको क्षति कम गर्न भएका पूर्वसूचना, पूर्वकार्य र प्रतिकार्य पहलहरुबारे पनि उल्लेख गर्नुभयो।
राष्ट्रसंघीय आवासीय संयोजक हाम्डीले सबैभन्दा धेरै प्रभावित भएको इलाममा खाद्य एवं गैरखाद्य राहत, खानेपानी तथा सरसफाइ सम्बन्धी सहयोग र सुरुवाती पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रसंघीय निकायहरुले तत्काल उपलब्ध गराउनसक्ने सहयोगबारे जानकारी गराउनुभयो। त्यसक्रममा आवासीय संयोजक हाम्डीले नेपाल सरकार र प्राधिकरणले विपद् प्रतिकार्यमा गरेका पहलहरुको प्रशंसा पनि गर्नुभएको थियो।

ताजा समाचार

Related Articles