एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी

लोकप्रिय

काठमाडौँ, असोज ३० गते। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी छ । आज दोस्रो दिनको बैठक बिहान ८ बजेदेखि सुरु भएको हो । बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी छ ।

हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभएको थियो। आज झन्डै एक सय जनाले धारणा राख्ने अनुमान छ । यही क्रममा सबै केन्द्रीय सदस्यले समय लिएमा बैठक लम्बिने संकेत देखिएको छ ।

बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार पालो मिलाइएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ। बैठकमा केन्द्रीय सदस्यका धारणा सुनेपछि पदाधिकारीले पनि आफ्ना धारणा राख्नुहुने छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिने तयारी छ ।

ताजा समाचार

Related Articles