रुकुम-पश्चिम, कात्तिक ७ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकास्थित लिस्नेमा बोलेरो जीप दुर्घटना भएर मृत्यु भएका मध्ये ६ जनाको सनाखत भएको छ। १ जनाको भने सनाखत हुन सकेको छैन ।

रा १ ज ४२२ नम्बरको डबल क्यावको बोलेरो जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी अरु १० जना घाइते भएका छन । उनीहरुको उपचार जिल्ला अस्पताल रुकुम पश्चिम र सदरमुकामका अरु अस्पतालहरुमा भइरहेको छ।




