पाल्पामा भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार जना घाइते

लोकप्रिय

पाल्पा, कात्तिक १२ गते । पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका-४ मेहलढाँपको भित्री सडकमा इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

आज विहान १० बजे बुटवलबाट पाल्पाको लागि छुटेको लुम्बिनी प्रदेश ०००१ ज ००९१ नम्वरको ईभी भ्यान रैनादेवी छहरा-४ को पिपलभञ्याङमा आज दिउँसो १ बजे दुर्घटनामा परेको स्थानीयवासी इश्वर ज्ञवालीले जानकारी दिनुभएको हो । दुर्घटनामा चालकको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनामा परी इभी भ्यानका चालक रैनादेवी छहरा गाउँपालिका ४ का कमल बहादुर रायमाझी, सोही वडाको मेहलढाप बस्ने रामबहादुर गाहा र रैनादेवी छहरा वडा नंम्बर १ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।

घाइते ४ जनालाई उपचारको लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । जीप सडकबाट १५ मिटर तल खसेको छ र घटनाबारे थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles