काठमाडौं, कात्तिक १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गर्नुभएको दलहरुसँगको बैठकमा जेन-जीका प्रतिनिधिहरुले सुशासनको पक्षमा कडा आवाज उठाएका छन । उनीहरुले निर्वाचन एउटा महत्वपूर्ण प्रक्रिया भएपनि निर्वाचन मात्र आफ्नो एजेण्डा नभएको भन्दै सुशासनको पक्षमा नयाँ काम गर्न सरकार र दलहरुलाई आग्रह गरेका हुन।

जेन-जी प्रतिनिधिहरुले भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारमा संलग्नहरुलाई कडा कारवाही आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको सरकार-दलहरु- जेनजी त्रिपक्षीय वार्तामा सहभागी जेन-जी प्रतिनिधिहरुले यसरी पहिलो पटक दलहरुकै अगाडि आफ्नो स्पष्ट दृष्टिकोण राखेका हुन । प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन यो त्रिपक्षीय छलफलको आयोजना गर्नुभएको हो ।




