जनकपुरधाम, कात्तिक १७ गते । लोकतान्त्रिक समाजवादी पार्टीका नेपालका अध्यक्ष महन्थ ठाकुरले चुनावका लागि उचित वातावरण बन्न नसकेको बताउँदै वातावरण बने पार्टी चुनावमा जाने बताउनुभएको छ ।

लोसपाका अध्यक्ष ठाकुरले जनकपुरधाममा आज पत्र कारहरूसँग संक्षिप्त कुरा गर्दै चुनावको विषयमा पार्टीको सम्पन्न हुने अधिवेशनले थप निर्णय लिने बताउनुभयो । उहाँले पार्टी अहिले अधिवेशनको तयारीमा रहेको पनि बताउनुभयो । उहाँले नेताहरू घर बाहिर निस्कने अवस्था नभएको दाबी गर्दै यस्तो अवस्थामा चुनाव हुन्छ भन्ने व्यापक आशङ्का भएको बताउनुभयो । उहाँले अहिलेको राजनीतिक निकासका लागि संसद् पुर्न स्थापना गर्नु नै उत्तम विकल्प भएको बताउनुभयो ।




