यात्रुलाई दुःख, हैरानी दिने चार जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २० गते । यात्रुलाई दुःख, हैरानी दिने चार जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्कबाट बुधबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बारा जिल्ला कोल्वी नगरपालिका वडा नं. २ का २३ वर्षीय रोहनकुमार भुजेल, हेटौँडा उपमहानगरपालिका १० का १९ वर्षीय सुरज कुमार, वडा नं. १ का ३० वर्षीय सुशान्त तामाङ र वडा नं. ११ का ३५ वर्षीय जीवन थोकरलाई प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आ–आफ्नो गन्तव्यतर्फ जान हिड्दै गरेका यात्रुहरुको जबरजस्ती झोला तथा हात तानी यात्रुको ईच्छा विपरीत सवारी साधनमा चढाई अनावश्यक दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएकाहरुलाई अभद्र व्यवहार गरेको कसुरमा आवश्यक कारबाही भईरहेको छ ।

ताजा समाचार

Related Articles