खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २० गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १० फरेष्ट्रीस्थित सडक खण्डमा सवारी दुर्घटनामा एक जना घाइतेभएका छन् ।
बिहीबार दिउँसो हेटौँडा बजारबाट कर्रातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १३५० न.को अटोले आफू अगाडि रहेको सवारी साधनलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा विपरीत दिशा तर्फबाट आँउदै गरेको बा.प्र.०३–००५ प ८११० न.को स्कुटरमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक हेटौँडा ९ सिर्जनाका २३ वर्षीय राघब बरालको हेटौँडा अस्पतालमा उपचार भएको छ । अटो चालक हेटौँडा १३ टुटेपानीका करिब ४० वर्षीय लाल बहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




