स्वार्थ समूहको चलखेलमा भएका निर्णय उल्टाउन माग

लोकप्रिय

काठमाडौँ, कात्तिक २३ गते। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकार समक्ष माग गर्नुभएको छ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर उहाँले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार डा. केसीले प्रधानमन्त्री कार्कीसँगको भेटमा विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गर्दै निर्णय उल्टाउनुपर्ने माग गर्नुभएको हो। प्रधानमन्त्रीसँगको भेटमा डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्राडा. जगदीशप्रसाद अग्रवाल  टोलीमा हुनुहुन्थ्यो। डा. केसीले आफ्नो १० बुँदे ज्ञापनपत्र पनि बुझाउनुभयो।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झाको उपस्थितिमा डा. केसीले उठाउनुभएका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

ताजा समाचार

Related Articles