प्रसारण लाइनको दाँया-बाँया रुख रोप्न नपाइने

लोकप्रिय

काठमाडौँ, कात्तिक २५ गते । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिनुभएको हो ।
बैठकले एमसिए–नेपालको प्रसारण लाइनका लागि आवश्यक करिब १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफल जग्गामा रुख रोप्न र संरचना बनाउन नपाउने निर्णय गरेको छ ।

एमसिए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइन विस्तारका क्रममा नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लास्थित सो प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँका करिब एक हजार ३८१ हेक्टर क्षेत्रफलको जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रूख रोप्न नपाइनेलगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles