बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

लोकप्रिय

काठमाडौँ, कात्तिक २६ गते । बलिउड अभिनेता धर्मेन्द्र ब्रिच क्यान्डी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । धर्मेन्द्रको उपचारमा संलग्न चिकित्सकहरूको टोलीका एक डा. प्रीत सम्दानीले बिबिसी हिन्दीलाई बताए अनुसार धर्मेन्द्रलाई बुधबार बिहान ब्रिच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

धर्मेन्द्रको अवस्था अझै पनि गम्भीर छ वा पहिलेभन्दा राम्रो छ भनेर प्रश्न गर्दा डा. समदानीले भन्नुभयो, “म यो भन्दा बढि केही भन्न सक्दिन र उहाँलाई लैजाने निर्णय परिवारको थियो ।’’ यसअघि, मङ्गलबार, धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले सञ्चारमाध्यममा उहाँको ‘मृत्यु’ को बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles