जेनजीका प्रदेश संयोजकहरुले बुझाए प्रधानमन्त्री कार्कीलाई सम्झौतापत्र

लोकप्रिय

काठमाडौँ, कात्तिक २८ गते । जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातै प्रदेशका संयोजकले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन् ।

शुक्रबार जेनजी मुभमेन्ट अलायन्स काउन्सिल अफ जेनजीका सात प्रदेशका संयोजक प्रधानमन्त्री कार्कीलाई जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबिचको प्रस्तावित ११ बुँदे प्रस्ताव  हस्तान्तरण गरेका हुन् ।

संयोजकहरुले प्रधानमन्त्रीलाई तत्काल संवाद प्रक्रियालाई स्थायी आधारमा अघि बढाउन तथा आन्दोलनका कारण उत्पन्न राजनीतिक द्वन्द्व समाधानका लागि सकारात्मक कदम चाल्न आग्रह गरेका छन्।

ताजा समाचार

Related Articles