राष्ट्रियसभाको सचिवमा कँडेल नियुक्त

लोकप्रिय

काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजदेखि लागू हुनेगरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गर्नुभएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई आजदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो सभाका सचिव डा सुरेन्द्र अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो । उहाँको शपथ आजै दिउँसो ४ः०० बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।

ताजा समाचार

Related Articles