शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम

लोकप्रिय

हेटौँडा, मंसिर ५ गते । मकवानपुरको कैलाश गाउँपालिकाका विशेष गरी कक्षा १ देखि ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ । कैलाश ९ मा रहेको कालिका माविमा शुक्रबारबाट सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुने छ ।

वडा ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता भएको तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थी समक्ष पुग्नुपर्ने बताउनुभयो । पालिकाको शिक्षामा क्रमिक रुपमा सुधार हुँदै गइरहेको उहाँको भनाई छ ।
प्रअ बैठकमा उठेका विषयमा आफ्नो ध्यान केन्द्रित रहेको र समस्याको समाधान तर्फ सिंगो गाउँपालिका लाग्ने भन्दै उहाँले पालिकाले छिट्टै नै तालिम हल निर्माणको तयारीमा जुटेकाले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष भूवन सिं घलानले विद्यार्थीको भविष्य शिक्षकहरुको हातमा रहेकाले तालिममा सक्दो ज्ञान र सीप सिक्न आग्रह गर्नुभयो ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिम पछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गरिनुपर्नेमा जोड दिनुभयो ।
तालिममा गाउँपालिकाका छ वटा मावि, चार वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकहरुको सहभागिता रहेको सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles