एनपीएल: जनकपुरलाई हराउँदै पोखरा विजयी

लोकप्रिय

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल प्रियमर लिग (एनपीएल) अन्तर्गत आज भएको दोश्रो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

यसअघिका दुई खेल पोखराले हारेको थियो । टस जितेर ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर १५५ रन बनाएको हो । १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले पुरै ओभर खेलेर जम्मा १३० रन मात्र जोड्यो । आजको खेलमा पोखराका लागि सुमित वर्माले अविजित अर्धशतक बनाए भने दिनेश खरेलले ३८ रनको योगदान गरे ।

ताजा समाचार

Related Articles