खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर ११ गते । हेटौँडामा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्युभएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. ४ कर्रा चोकस्थित सडक खण्डमा बिहीबार साँझ १८ः३० बजेको समयमा पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.३८प ५८५० नं.को मोटरसाइकलको ठक्कर दिँदा खुइली डोमको मुत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले वीरगञ्ज महानगरपालिका १६ नागुवा घर भई हाल हेटौँडा १० कर्रामा डेरा गरी बस्ने वर्ष ५५ की खुइली डोमलाई ठक्कर दिँदा शरीरको विभिन्न भागमा चोट लागी घाइते हुनुभएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते खुइली डोमको हेटौँडा अस्पतालमा उपचारको क्रममा १८ः५० बजे मृत्यु भएको उपचारमा संलग्न डाक्टरले जानकारी गराएको थियो । मोटरसाइकल र मोटरसाइकल चालक बारा जिल्ला सिम्रनगढ नगरपालिका ११ बस्ने वर्ष २५ को सुनिल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिईएको छ । शव सोही अस्पतालमा रहेको छ ।




