हेटौँडाको बस्तीपुर र मनहरीको भुन्द्रुङ जोड्ने राप्ती खोला पुल उद्घाटन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १३ गते । हेटौँडा उपमहानगरपालिका १९ स्थित बस्तीपुर र मनहरी गाउँपालिका ३ स्थित भुन्द्रुङ जोड्ने गरी राप्ती खोलामा निर्माण गरिएको पुलको उद्घाटन गरिएको छ ।
राप्ती सडक पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दीनेशचन्द्र देवकोटा र स्थानीय १०३ वर्षीया सरस्वती अर्यालको विशेष आथित्यतामा शनिबार उद्घाटन गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ परिष्कृत गर्दै मितव्ययी बनाएर लैजान सक्ने सम्भावनाहरु रहेको भन्दै त्यसका लागि आफूहरुले काम गरिरहेको बताउनुभयो । उहाँले देश प्रादेशिक संरचनामा गएपछि विकासले गति लिएको भन्दै सङ्घीयता जनताको व्यवस्था भएको बताउनुभयो ।
उहाँले राजनीतिक परिवर्तन भईसकेको र अब देशले आन्दोलन थेग्न अवस्थामा नरहेकोले सबै मिलेर विकासको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वाधार विकास कार्यालय मकवानपुरमार्फत निर्माण भएको राप्तीखोला पुल २९ करोड ५९ लाख ३८ हजार पाँच सय रुपियाँको लागतमा निर्माण भएको हो । काठमाडौँको हिराचन कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले उक्त पुल निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समयभन्दा अगावै निर्माण पुरा गरेको छ ।
२०८० साल वैशाख ११ गते २०८३ वैशाख १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी निर्माण सम्झौता भएकोमा निर्धारित समयभन्दा अघि नै गत असारमा पुल निर्माण सम्पन्न भएको हो । नवनिर्मित राप्तीखोला पुलको लम्बाई १७० मिटर रहेको छ ।

 

ताजा समाचार

Related Articles