सहिद बासुदेवका पिता कृष्णप्रसादको निधन

लोकप्रिय

हेटौँडा, मङ्सिर १५ गते । सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको निधन भएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ५ कञ्चनथलीस्थित आफ्नै निवासमा सोमबार बिहान २ः०० बजेको समयमा निधन भएको उहाँका आफन्त राकुमार घिमिरेले जानकारी दिनुभयो ।
हो ।
सहिद बासुदेव घिमिरे प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका राजकुमारले श्वासप्रश्वास, फोक्सोमा सङ्क्रमणलगायतका समस्याबाट पीडित कृष्णप्रसादको ८७ वर्षको उमेरमा निधन भएको बताउनुभयो ।
२०६२/०६३ को जनआन्दोलनमा सहभागी हुने क्रममा काठमाडौँको कलङ्कीमा वासुदेव घिमिरेले सहादत प्राप्त गर्नुभएको थियो ।
२०७२ सालको भूकम्पले कृष्ण्प्रसादको घर क्षतिग्रस्त भएपछि नेपाली कांग्रेसले भवन निर्माण गरिदिएको थियो ।
कृष्णप्रसादका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

ताजा समाचार

Related Articles