खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १८ गते । हेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोकपथ दैनिक छ घण्टा बन्द हुने भएको छ ।
वैकल्पिक मार्गको रुपमा रहेको कान्ति लोकपथको ललितपुर जिल्लातर्फ ६० दिनका लागि दिउँसो बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै कान्ति राजमार्ग सडक योजना एकान्तकुना ललितपुर अन्तर्गतको सडक खण्ड सडक चौडा गर्न कटिङ् गर्नुपर्ने भएकोले मङ्सिर २० गतेबाट ६० दिन सवारी साधन पूर्ण रुपमा आवागमन बन्द हुने जनाएको छ ।
बिहान ११ बजेदेखि अपरान्ह ५ः०० बजेसम्म दैनिक छ घण्टा सडक बन्द रहने जनाइएको छ । ललित जिल्ला प्रशासन कार्यालयले सूचनामा सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । 




