हेटौँडा–धरान–चतरा सडकको सीमा नमिच्न सडक डिभिजन हेटौँडाको सूचना

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १८ गते । सडक डिभिजन हेटौँडा, मकवानपुरले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक सीमा मिचेर संरचना नबनाउन आग्रह गरेको छ ।
सडक सीमा संरक्षणका लागि भन्दै बागमती गाउँपालिकाको कार्यालयलाई सडक डिभिजन हेटौँडाले पत्राचार गरेको हो ।
सडक डिभिजनले भनेको छ, नेपाल सरकारले मदन भण्डारी राजमार्गलाई राष्ट्रिय राजमार्गको निर्माण÷सुधार गरिरहेको र सार्वजनिक सडक ऐन, २०३१ बमोजिम यस सडकको (तत्कालीन धरान–चतरा–गाईघाट–कटारी– सिन्धुली–हेटौँडा सडक) सीमा केन्द्र रेखाबाट दाँया बाँया दुवैतिर १५÷१५ मिटर तोकिएको मिति २०७२÷१२÷२९ गते प्रकाशित राजपत्रमा उल्लेख छ ।
उक्त तोकिएको सीमा भित्र संरचनाहरु निर्माण भईरहेको भन्ने जनगुनासोहरु प्राप्त भएकोले अनाधिकृत संरचनाहरुको निर्माण कार्य रोकी सडक सीमा संरक्षण गर्ने कार्यमा सहयोग गरिदिन पत्रमा सडक डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीले गाउँपालिकालाई अनुरोध गर्दै पत्र लेख्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारका पछिल्लो सयममा हेटौँडा क्षेत्रमा भईरहेको गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सडक सीमा विस्तारमा बाधा पुयाउनेलाई कारवाहीको दायरामा ल्याउने भन्दै प्रशासनले सचेत गराएको छ ।
प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पु¥याउनेलाई कारबाहीको चेतावनी दिएको हो ।
सडक विस्तारका लागि तयारी पूरा भएको भन्दै सूचनामा सडक डिभिजन कार्यालयको अभियानमा बाधा नपु¥याउनसमेत प्रशासनले भनेको छ ।
‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने कुनैपनि गतिविधि गर्ने व्यक्तिहरु प्रति पूर्ण सचेत रहेको छ । सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न/नगराउन पुनः अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।
साथै कसैले कानुन बर्खिलाप गरी सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ ।

 

ताजा समाचार

Related Articles