काँग्रेस र लोसपाद्वारा मुख्यमन्त्री पदको दाबी

लोकप्रिय

जनकपुरधाम, मङ्सिर १८ गते । मधेस प्रदेशका दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । मुख्यमन्त्रीको विषमयमा सहमति जुटाउनका लागि प्रदेशका सात दलको आज जनकपुरमा बसेको बैठक बिना कुनै निर्णय टुङ्गिएको छ । मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दाबी नछाडेपछि सहमति हुन नसके पनि चाडै सहमति हुने जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिनुभयो ।

प्रदेशमा राजनीतिक स्थिरता चाहेकाले आजको बैठकमा सहमति जुट्न नसके पनि गठबन्धनको भवना अनुसार नै सहमति हुने प्रमुख सचेक यादवले बताउनुभयो । बैठकमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता थियो ।

यसअघि मधेस प्रदेशका प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ (२) बमोजिम भोलि ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न हिजो आह्वान गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles