खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २४ गते । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने १३ वटा ट्याक्टर मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानहरुबाट ती ट्याक्टर बुधबार नियन्त्रणमा लिइएको हो ।

अवैध रुपमा नदिजन्य पदार्थ (ढुंगा/बालुवा) उत्खनन् तथा ओसार पसार गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका ट्याक्टरमा ना. ५ त ७१८६, बा.प्र.०३–००१ त ३९९, प्रदेश २–०३–००१ त ४१०८, ना.७ त २०६४, ना. ६ त ३५६६, ना. ३ त १४७५, ना. ६ त ९८९९, बा.प्र.०३–००१ त ४७४, ना. ७ त १३३, बा.प्र.०३–००१ त ४४४, ना. ४ त ४०४९, प्र.२–०३–००१त ६७६८ र प्र २–०३–००१ त ६४८० नम्बरको ट्याक्टर रहेको छ ।




