खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २६ गते । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आधारभूत तह विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगितामा राष्ट्रिय मा.वि. राक्सिराङ्ग–६ सिलिङ्गेका शिक्षक कल्पना मरासिनी पोख्रेल, सुनिता थिङ्ग र सरोज थापा समुह प्रथम हुँदै जनही नगद १० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।

त्यस्तै, श्री माध्यमिक विद्यालय देविटारका शिक्षकहरु बिनोद यादव, मुना सुनार र जुनु दोङ्ग लामाको समुह दोस्रो हुँदै जनही नगद पाँच हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
तृतीय थुम्की आधारभूत विद्यालय राक्सिराङ्ग–२ का शिक्षक भुपेन्द्र गौतम, लोकेन्द्र लामा ब्लोन र रचना थापा समुह हुँदै जनही नगद तीन हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
गाउँपालिकाको ३० वटा विद्यालयबाट आधारभूत तहमा कार्यरत ९० जना शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा अधिकृत पंकस थारुले बताउनुभयो ।

समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, जिन्सी शाखा प्रमुख रामकृष्ण भट्टराईलगायतले विजयी तथा उपविजयी विद्यालयका शिक्षकहरुलाई नगद तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
गाउँपालिकाले नियमित रूपमा शिक्षकहरुको शैक्षिक क्षमता अभिवृद्धि तथा प्रतिष्पर्धात्मक भावना विकास गर्न विविध कार्यक्रम गर्दै आएको छ ।




