हेटौँडा, मङ्सिर २७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमफेदी पालिका समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको छ ।
भीमफेदी पालिका समितिका सभापति बद्री पौडेलले सभापतित्व कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विराज भक्त श्रेष्ठ, केन्द्रीय सदस्य रमेश प्रसाईंलगायतले बोल्नुभएको थियो ।

प्रथम अधिवेशनले भीमफेदी गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
समिति सभापतिमा बद्री बहादुर पौडेल , उपसभापति कृष्ण शोभा श्रेष्ठ, सचिव प्रल्हाद पुडासैनी ,सह–सचिव हिरण्य लाल श्रेष्ठ ,कोषाध्यक्ष सर्बेन्द्र बर्तौला , सदस्यहरू माधब पुडासैनी, गोपाल कार्की, नेत्र कुमारी खड्का, राधा तामाङ्ग, सुनिता घलान र हिरा मिजार रहनुभएको छ ।




