दिव्यतारा सहकारीको राईगाउँमा सेवा केन्द्र सभा सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २८ गते । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौँडाको मकवानपुरको बागमती गाउँपालिकास्थित सदस्य सेवा केन्द्रको एकाई सभा सम्पन्न भएको छ ।
बागमती गाउँपालिका वडा नं. २ स्थित राईगाउँमा शनिबार सातौँ वार्षिक एकाइ सभा सम्पन्नभएको हो ।

सदस्य सेवा केन्द्रको सातौँ वार्षिक एकाई सभाको उद्घाटन गर्दै दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक सदस्य आनन्दराम पराजुलीले ससाना बचत सङ्कलन गरी सापटी र सहयोग आदान प्रदान उद्देश्यले स्थापना गरिएको सहकारीले सबैको प्रयास र मेहनतमा आजको यो स्वरुप पाएको भन्दै सहकारीबाट लिने र दिने सेवालाई प्रभावकारी बनाउन शेयर सदस्यहरुनै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लिएको ऋण आयआर्जनमा लगाउन र समयमा चुक्ता गर्ने बानीको विकासले बचतकर्तासँगै सहकारीको दिगोपनामा सहयोग पुग्ने बताउनुभयो ।

संस्थाका सचिव ईश्वर पण्डितले नियमित बचत आवश्यक भएको भन्दै ऋण लिएकाहरुले स्वअनुशासनमा बसेर समयमा सावाँव्याज भुक्तानीले शेयर सदस्य र सहकारी दुवै समस्यामा नपर्ने बताउनुभयो । उहाँले गाउँघरमा ससाना बचतसँगै समस्या पर्दा ऋण सापटी लिनदिन ग्रामीण क्षेत्रलाई लक्षित गरी संस्थाको सेवाकेन्द्र स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सहायक व्यवस्थापक ईश्वरी शिल्पकार, सदस्य सेवाकेन्द्र बागमती गाउँपालिकाका संयोजक संयोजक छविलाल बोम्जन र सेवा केन्द्रका सदस्य ज्ञानबहादुर राईले संस्थाको गतिविधिसँगै संस्थाले खुत्रुके बचत, मासिक बचतलगायतका सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा नियमित बचतकर्ता, समयमा नियमित सावाँ व्याज बझाउने ऋणीलगायतलाई सम्मान गरिएको थियो ।
गत आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तसम्ममा ५८५ शेयर सदस्य रहेको उक्त सेवा केन्द्रबाट सो अवधिका ऋणी सदस्य संख्या ८३ जना रहेको, शेयर ४५ लाख छ हजार पाँच सय, बचत एक करोड १९ लाख ४४ हजार १७२ रुपियाँ र मुनाफा ३८ लाख ७७ हजार ११० रुपियाँ रहेको जानकारी गराइएको थियो ।

ताजा समाचार

Related Articles