रुखबाट खसेर एक व्यक्तिको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १ गते । मकवानपुरको मनहरी गाउँपालिकामा रुखबाट खसेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ ।
मंगलबार बिहान मकवानपुरको जिल्लाको राक्सिराङ ८ टोक्चेराङ घर भई हाल मनहरी गाउँपालिका ७ लामाटोल स्थित काका डिसा लामाको घरमा बस्दै आएको करिब ३५ वर्षीय सुरेश लामाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरी ७ स्थित मनकामना सामुदायिक वनमा साजको रुखमा चढेर घाँस झार्ने क्रममा एक्कासि रुखबाट खस्दा सुरेश गम्भीर घाईते हुनुभएको थियो ।
रुखबाट खसेर गम्भीर घाइते सुरेशलाई उद्धार गरेर उपचारको लागि बिहान १०ः२० बजेको समयमा हेटौँडा अस्पताल ल्याइएकोमा घाइतेको जाँच पश्चात् चिकित्सकले १०ः२५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles