मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त

लोकप्रिय

जनकपुरधाम, पुस ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज साँझ ६ः०० बजेबाट शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभामा विश्वासका लागि मत माग्दा उहाँको पक्षमा शत प्रतिशत मत प्राप्त भएको छ ।

मधेस प्रदेशसभामा रहेका १० दलका प्रदेशसभाका सदस्यले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुभएको थियो । बैठकमा विभिन्न दलका ९२ जना प्रदेशसभाका सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको मधेस प्रदेशका उपसभामुख बविता राउत ईसरले घोषणा गर्नुभयो । गत मङ्सिर १९ गते मधेस प्रदेशसभामा रहेका ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थमा मुख्यमन्त्री बन्नुभएका यादवले सबै दलको मत लिनमा सफल हुनुभएको हो ।

प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सङ्घीय समाजवादी पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ । एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशमा राजनीतिक स्थिरताका लागि अब बन्ने मुख्यमन्त्रीलाई विना सर्त विश्वासको मत दिने घोषणा गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles