शिक्षामा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री कार्की

लोकप्रिय

काठमाडौँ, पुस १० गते। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताउनु भएको छ। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालमा शिक्षामा लगानी बढाउनु पर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो।

विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताउनु भयो। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको बताउनु भयो। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘नेपालमा शिक्षामा लगानी गर्नु पर्ने आवश्यकता छ। सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतिकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक छ। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको छ। यसबारेमा परामर्श र गृहकार्य भइरहेको छ।’ प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्नु जरुरी रहेको बताउनु भयो।

ताजा समाचार

Related Articles