मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ११ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका ९ स्थित टिकौली सडक खण्डमा मोटरसाइकलमा दुर्घटनामा परी एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको बा.प्र.०२–०३४ प ५२०५ नं. को मोटरसाइकल शुक्रबार बिहान २ः४५ बजेको समयमा  आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चितवन जिल्ला माडी नगरपालिका १ गर्दीका तृशल महतोको मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दाहिने खुट्टा र छातीमा भित्री चोट लागेर गम्भीर भएका महतोको उपचारको लागी सेन्ट्रल हस्पिटल भरतपुर लगिएकोमोमा उपचारको क्रममा बिहान ३ः३० बजेको समयमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार माडी नगरपालिका १ का वर्ष १९ का अंकित महतोको ढाडमा चोट अवस्था सामान्य रहेको र उपचारको लागी सेन्ट्रल हस्पिटल भरतपुर लगिएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles