मामाघरलाई उपभोक्ता समितिको सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १३ गते । हेटौँडा उपमहानगरपालिका ११ स्थित मामाघर नेपाललाई जनहित पुरुष उपभोक्ता समितिले सहयोग गरेको छ ।
मनहरी गाउँपालिका ३ हाँडीखोलामा रहेको जनहित पुरुष उपभोक्ता समुह स्थापनाको २० वर्ष पुगेको अवसरमा मामाघर नेपाल मकवानपुरलाई शनिबार एक कार्यक्रमका बिच सहयोग गरेको हो ।

मामाघरमा आश्रित विद्यार्थीलाई लक्षित गरी २० थान विद्यालय ब्याग, खाद्यान्न, मन्जन, सरफ र तरकारी सहयोग उपलब्ध गराउनुका साथै सहभोज समेत गरिएको समितिका अध्यक्ष अनिल पुडासैनीले जानकारी दिनु भयो ।
बिगतका वर्षहरुमा समितिका सबैजना वनभोज गरेर खर्च गर्ने गरेकोमा यो वर्ष मामाघर नेपालमा सहयोग गरिएको उहाँले बताउनु भयो । सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुर बिगत डेढ दशकदेखि दान चन्दा, उपहार र सहयोगमा संचालन हुँदै आएको छ ।

ताजा समाचार

Related Articles