मधेश प्रदेश सरकारले पायो पूर्णता

लोकप्रिय

जनकपुरधाम, पुस १६ गते । मधेश प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज सपथ ग्रहण गर्नुभएको छ । मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शपथग्रहण गर्नुभएका नवनियुक्त मन्त्रीहरूमा मनिष कुमार सुमन, श्रम तथा यातायातमन्त्री , राज कुमार गुप्ता, भौतिक पूर्वाधार तथा विकास मन्त्री ,शङ्कर प्रसाद चौधरी, वन तथा वातावरण मन्त्री , श्याम प्रसाद पट्टेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री , बसन्त कुसवाहा, खेलकुद तथा समाज कल्याण मन्त्री  र गृह, सञ्चार तथा कानूनमन्त्री पदमा  फकिरा महतो नियुक्त हुनुभएको छ ।

शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, सभामुख रामअशिष यादव, मधेश प्रदेश सरकारकामन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरू तथा विभिन्न दलका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित १२ वटै मन्त्रालयले नेतृत्व पाएपछि मधेश प्रदेश सरकारले पूर्णता पाएको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बताउनुभयो ।

ताजा समाचार

Related Articles