राष्ट्रिय आर्थिक गणना गरिँदै

लोकप्रिय

काठमाडौँ, पुस २१ गते । देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षको असारसम्म तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म देशैभर तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको छ।

कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेका अनुसार गणनाबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८३र८४ को सुरु अवधिदेखि नै यसका नतिजाहरू क्रमशः सार्वजनिक गरिने छ । उहाँका अनुसार यो गणना मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउने महत्त्वपूर्ण कार्यका रूपमा रहेको छ ।

राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने मूल उद्देश्य लिइएको तथ्याङ्क अधिकारी लामिछानेको भनाइ छ ।

ताजा समाचार

Related Articles