राष्ट्रिय सभा निर्वाचनः जसपा र लोसपाका चार उम्मेदवार

लोकप्रिय

काठमाडौँ, पुस २३ गते । राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले चार जनालाई उम्मेदवार बनाएका छन् ।
यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबिच तालमेल भएको छ ।

यसैबिच बुधबार राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ। निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो।

जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ। मधेस प्रदेशमा दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य गरी चार जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ ।  मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन्।

ताजा समाचार

Related Articles