राष्ट्रिय सभा निर्वाचनः बागमतीमा कांग्रेस र एमालेको गठबन्धनलाई सहज

लोकप्रिय

हेटौँडा, पुस २५ गते । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिचको तालमेलले जितका लागि सहज बहुमत पुग्ने भएको छ ।
आगामी फागुन २० गते पदावधि सकिने १८ जना राष्ट्रिय सभा सदस्यमध्ये बागमती प्रदेशबाट दुई जना सदस्यको लागि निर्वाचन हुँदै छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत यस प्रदेशका मतदाताको कूल मतभारका आधारमा महिला र अन्य क्षेत्रमा गरी दुई जना राष्ट्रिय सभा सदस्य पदमा कांग्रेस र एमालेबिचको तालमेल (गठबन्धन) ले जितका लागि स्पष्ट बहुमत पुग्नेभएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहने व्यवस्था छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको मतदाता सूचीमा २३७ जनाको मात्र नाम रहेको प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
कांग्रेसबाट निर्वाचित नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलिम्बित भएका कारण मतदानबाट वञ्चित हुनु हुनेभएको छ ।
प्रदेश सभा सदस्यको ५३ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको १९ मतभार रहने छ ।

प्रदेशसभाका सदस्यको पाँच हजार ८३० र स्थानीय तह प्रतिनिधिहरूको मतभार चार हजार ५०३ गरी यस प्रदेशमा कूल मतभार १० हजार ३३३ हुन्छ । यस प्रदेशमा कांग्रेस र एमाले बाहेका बाँकी रहेको दल र स्वतन्त्रको मत जोड्दासमेत मतभारमा कांग्रेस र एमालेनै बलियो रहेका छन् ।
कांग्रेसको तीन हजार ९९४ र एमालेको दुई हजार ५७१ मतभार गरी मतभार छ हजार ५६५ मत हुन्छ जुन कूल मतभारको स्पष्ट बहुमत हो ।
कांग्रेस र एमाले बाहेका दलहरु र स्वतन्त्र मिल्दा तीन हजार ७६८ मतभार हुन्छ जुन जितका लागि पर्याप्त हुँदैन ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको दुई हजार ७३८, राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८, नेपाल मजदुर किसान पार्टीको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रको १९ मतभार रहेको छ ।
बागमती प्रदेशबाट महिलातर्फ एक र अन्य क्षेत्रबाट एक गरी दुई सदस्यका लागि चार पार्टीका बुधबार निर्वाचन अधिकृतको कार्यालयमा छ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कांग्रेसबाट चितवनकी गीता देवकोटा र एमालेबाट अन्यतर्फ काठमाडौँका प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी ढकालले नेकपाको तर्फबाट अन्यतर्फ सिन्धुपाल्चोकका प्रेमप्रसाद सापकोटा र महिलातर्फ काठमाडौँकी सरोजकुमारी झाको उम्मेदवारी परेको बताउनुभयो ।
जानकारी दिनुभयो ।
यस्तै नेमकिपाबाट महिलातर्फ काठमाडौँकी कविता महर्जन र अन्यतर्फ भक्तपुरका विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आगामी फागुन २० मा पदावधि सकिने राष्ट्रिय सभाका सदस्य दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन् । महिलातर्फ तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका नेता बेदुराम भुषालको पदावधि सकिँदै छ ।

ताजा समाचार

Related Articles