हेटौँडा, पुस २७ गते । मकवानपुर बहुमुखी क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसबीच शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार भएको अन्तरक्रियामा मकवानपुर बहुमुखी क्याम्पसका राम्रा अभ्यासहरू, विद्यार्थी केन्द्रित शिक्षण–सिकाइ प्रक्रिया, अनुसन्धान तथा विकास लगायत अन्य शैक्षिक गतिविधिहरूको विषयमा छलफल भएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्रा. कुम्भबहादुर चन्द, शिक्षाशास्त्र विभाग प्रमुख डा. मदन सिंह देउवा, विद्यार्थी कल्याण तथा खेलकुद प्रमुख उपप्राध्यापक प्रकाशचन्द्र बडु र प्राध्यापक संघ सभापति उपप्राध्यापक किशोर बोहरालगायतका प्राध्यापक तथा कर्मचारीहरूको सहभागीता रहेको थियो । यस्तै मकवानपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाईं, प्रशासक श्री निरंजन पराजुली तथा सहायक प्रशासक श्री रुपक खुलालको उपस्थित रहेको थियो।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख चौलागाईं र शिक्षाशास्त्र विभाग प्रमुख डा. मदन सिंह देउवाले मन्तव्य व्यक्त गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रमहरूले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै शैक्षिक विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
साथै, भविष्यमा संस्थागत सम्बन्धलाई थप मजबुत बनाउँदै लैजान दुवै पक्षबीच आपसी सम्झौता गरी सहकार्यका कार्यक्रमहरू अघि बढाउने सहमति भएको छ । कार्यक्रममा दुवै संस्थाका प्राध्यापक, कर्मचारी र पदाधिकारीहरू सहभागी थिए।




