खासकुरा संवाददाता
मकवानपुर, पुस २७ गते । साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको राष्ट्रिय पर्या कविता प्रतियोगिता २०८२ मा मकवानपुरका किशन पौडेल प्रथम हुनुभएको छ ।
पौडेलको दोहन शीर्षकको कवित प्रथम हुँदै ३० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको हो ।
१० उत्कृष्ट कविता र कविमध्येबाट पौडेल प्रथम हुनुभएको हो ।

१६४ कवितामध्ये प्रतियोगितामध्ये उत्कृष्ट १० कविता र कवि छनौट गरी हेटौँडामा शनिबार अन्तिम प्रतिस्पर्धाका भएको थियो ।
यस्तै कैलालीका मोहित जोशीको समयको अन्त्यको किनारमा उभिएर शीर्षकको कविता दोस्रो, र सुनसरीका किरन सिवाको मौन प्रकृति तेस्रो भएको छ ।
दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
साथै काठमाडौँकी यशोदा अधिकारीको धर्तिको विघटन र तनहुँका नरोत्तम श्रेष्ठको विउको रक्तिम घोषणापत्र शीर्षकको कविता सान्त्वना हुँदै जनही पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो ।

कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।
साहित्व सङ्गम मकवानपुरको ३९ औँ वार्षिकोत्सवका अवसरसमेत पारेर आयोजित राष्ट्रिय पर्याकविता प्रतियोगितासँगै नेपाली साहित्यमा पर्याचेतनाका बारेमा बहस गरिएको थियो ।




