मन्त्रीपरिषद् बैठकः नवप्रवर्तन तथा विकास कोषको नियमावली स्वीकृत

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ३० गते । बागमती प्रदेश सरकारले प्रादेशिक कृषि थोक बजार सञ्चालन निर्देशिका २०८२ को मस्यौदा स्वीकृत गरेको छ ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।

निर्देशिका नबन्दा प्रदेश सरकारको लगानीमा बनेको प्रादेशिक कृषि थोक बजार सञ्चालन ल्याउन सकिएको छैन ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिम मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश निजामती सेवाको नियमावली मस्यौदा परामर्शका लागिका लोकसेवा आयोगमा पठाउने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोषको नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेशका विभिन्न मन्त्रालयका प्रदेश गौरवका आयोजनाहरु तथा बहुवर्षीय आयोजनाहरुको प्रस्ताव पारित गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो ।

प्रदेश गौरवको आयोजना अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयका तीन, खानेपानी तथा सरसफाई मन्त्रालयका नौ र भौतिक पूर्वाधार विकास मन्त्रालयका १७ वटा योजना पारित भएको भन्दै उहाँले शीर्षक मन्त्रीपििरषद् स्वीकृत गरी जाने र वित्तीय व्यवस्थापन र सहमति आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने बताउनुभयो ।
साथै बैठकले स्वकीय सचिवहरुको तलव रोकिएको विषयमा छलफल गर्दै प्रदेश ऐन अनुसार गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles