काठमाडौँ, पुस ३० गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति गगन थापा चयन गरेको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत केन्द्रीय समितिका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत हुनु निर्वाचित हुनुभएको छ ।
थापा र शर्माको अगुवाईमा भएको विशेष महाधिवेसनले शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति विघटन गरेको निर्णयसँगै नयाँ कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन हुनुभएको छ । शर्माले शुरुमा महामन्त्री पदमा उमेदवारी दिएको भएपनि उपसभापतिमा अरुको उमेदवारी नपरेपछि शर्माको उमेदवारी उपसभापतिमा सारिएको हो ।
यसैगरी पार्टीको सहमहामन्त्रीमा महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन हुनुभएको छ । त्यसै गरी, आदिवासी जनजाति कोटाबाट बहादुरसिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएको छ ।
पटक पटक समय थप गरेर मनोनयन लिने प्रक्रिया चलिरहेको कारण बुधबार राति मनोनयन लिएर नाम सार्वजनिक गरिएको थियो ।

उता नेपाली कांग्रेसको सानेपामा बसेको बैठकले विशेष महाधिबेशन पक्षमा लागेका दुई महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाहीको निर्णय गरेपछि विशेष महाधिवेशनमा उमेदवारीको लागि मनोनयन पत्र लिएका केहीले मनोनयन पत्र समेत फिर्ता गरेको जनाइएको छ ।
केन्द्रीय समितिको पुरा नाम हेर्नुहोस् । केन्द्रीय-समिति-नाम




