नारायणगढ माघ ६ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ ।
मङ्गलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै दाहालले राजीनामा दिनुभएको हो । उहाँ लगातार दुई कार्यकाल महानगर प्रमुख हुनुहुन्थ्यो । सङ्घीय संसदको निर्वाचनमा चितवन ३ वाट उम्मेदवार हुन उहाँले राजीनामा दिनुभएको हो ।

राजीनामा दिनुअघि दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । दाहालले दिनुभएको राजीनामा उपप्रमुख चित्रसेन अधिकारीले स्वीकृत गर्नुभएको बताइएको छ । 




